नेदरल्याण्डका विद्यार्थीद्वारा कुमुदिनी होम्स अवलोकन, विद्यालयलाई शैक्षिक सामग्री सहयोग

पोखरा । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज नेदरल्याण्डबाट आएको २६ जना विद्यार्थीहरु र शिक्षकहरुकाे टाेलीले अवलोकन गरेको छ ।  विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले ग्लोबल एक्सपेरियन्सका २६ जना विद्यार्थी र शिक्षकहरुकाे विद्यालयमा शिक्षक र विद्यार्थीबीच शैक्षिक परामर्शका कुराहरु भएको बताए ।

उनीहरुको  पहिलो भिजिट भएको र विद्यार्थीबीचको यसकिसिमको जमघटले शैक्षिक आदानप्रदानमा भविष्यका लागि महत्वपूर्ण कडि भएको बताए । सो अवसरमा उनले विद्यालयमा साईन्स, व्यवस्थापन, होटल म्यानेजमेन्टको पढाईका साथसाथै इन्टरनेशनल करिकुलम अन्र्तगतका कक्षा, थ्रिडिआई तथा कम्प्युटरको अध्यापन भईरहेको बताए ।

स्टुडेन्ट एक्सचेन्ज प्रोग्राममा कुमुदिनीका विद्यार्थी र डच विद्यार्थीहरु तीन समूहमा विभाजन भएर ए समूहले मन्दिरको अवलोकन, समूह बि ले हेरिटेज वाक र समूह सि ले बृद्धाश्रमकाे अवलोकन भ्रमण गरेको छ । यसैबीच, कुमदिनी होम्सले आजै ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि शैक्षिक सामग्री हस्तान्तरण गरेके छ ।

कुमुदिनीका कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीले जम्मा गरेके वर्षभरी पुग्ने पेन्सिल, कापि र कलम हस्तान्तरण गरिएकाे हाे । केहि समयपछि खाजा खर्च उपलव्ध गराइने पालिखेले बताए । विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत १२ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १९ पुरञ्चौरमा रहेको हिमालयन प्रावि तथा माछापुच्छ्रे गाउँपालिका खादरजुङमा रहेको बाराही प्राविका लागि ति सामग्री उपलव्ध गराएको हो ।

विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष अशोक पालिखेले उक्त सामग्री हिमालयन प्रा.वि.का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराही प्रा।वि।का प्रधानाध्यापक राम आचार्यलाई हस्तान्तरण गरे ।

समारोहमा पालिखेले बिगतका दुबै विद्यालयको दयनीय अवश्था सम्झिदै भने, विद्यार्थी नपाएर विद्यालय नै नरहने स्थितिलाई मध्यनजर गर्दै विद्यार्थीका लागि वर्षभरि पुग्ने कापी, कलम, खाजा खर्च तथा विद्यालय पोशाक उपलव्ध गराउँदै आएको बताए ।

पालिखेले विद्यार्थीलाई सानैबाट सहयोगीको भावना जागृत गराउँदै उनीहरुले पनि अभिभावकलाई भनेर १ देखि १० कक्षाका विद्यार्थीले कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । झोलुङ्गे पुलबाट जान असहज भएको देखेपछि हिमालयन प्रा।वि जानका लागि ट्रष्टको पुल बनाईदिएको, शौचालय निर्माण तथा फर्निचर सहयोग गर्दै आएको बताए ।

सहयोय पाएपछि हिमालयन प्रा।वि।का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराहीका राम आचार्यले कुमुदिनी होम्स परिवार, अध्यक्ष अशोक पालिखेको सहयोगको जति बयान गरेपनि नसकिने बताए । आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमकाे सञ्चालन सहजिकरण सह प्राचार्य मुकेश कुमार अधिकारीले गरेका थिए ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.