डाइनामिक ब्रोकर डीजीहबको एयरट्रेडमा, आईतबारदेखि लगानीकर्तालाई नयाँ टीएमएस प्रणाली

काठमाडौं । डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आईबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल डाइनामिक ब्रोकरमा करिव ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरु

 मोबाईल भर्सन (ब्लमचयष्म बलम क्ष्इक्)

वेब भर्सन

डेस्कटप भर्सन रहेको छ ।

अन्य अपरेसनल बिशेषतहरुमाः

सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने ।

आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।

एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।

अर्डर बास्केट ।

आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।

 रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।

सजिलो र छिटो अर्डर राख्न सकिने ।

आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।लिन्क एन्ड डक फिचर्स भएको ।

मल्टी विन्डो फिचर्स भएको ।

मल्टी एक्सचेन्ज फिचर्स भएको ।

सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।

You might also like

Comments are closed.