काठमाडौं । इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।
पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ब्राण्ड प्रवद्र्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।
इसेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निभाइरहेका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवद्र्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए ।
साथै, २०२६ मा हुने टी–२० विश्वकपका लागि छनौट भएकोमा बधाई तथा नेपाल प्रिमियर लिग (ल्एी) मा पनि उनलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।




Comments are closed.