काठमाडौं। अर्थ सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को २६औँ वार्षिक साधारण सम्पन्न भएको छ । मंसिर२९ गते अध्यक्ष ज्ञानहारि घिमिरेको अध्यक्षता तथा काठमाडौं महानगरपालिका–९ की वडा सदस्य सृजना भेटवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभाले आगामी कार्यकालका लागि ७ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ ।
नव–निर्वाचित समितिमा अध्यक्ष डासुराम घिमिरे, उपाध्यक्ष लिलाधर भुसाल, सचिव भगवती पराजुली, कोषाध्यक्ष खिमानन्द घिमिरे, सदस्य साबित्रा घिमिरे, सदस्य भिमलाल कोइराला र सदस्य प्रदीप मारासिनी रहेका छन् । संस्थाले सम्पूर्ण निर्वाचित सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
यसैगरी, निवर्तमान अध्यक्ष ज्ञानहारि घिमिरेको संयोजकत्वमा ९ सदस्यीय ऋण असुली तथा सहकारी व्यवस्थापन उपसमिति गठन गरिएको छ। उपसमितिमा सह–संयोजक राम प्रसाद खनाल (क), सदस्य रामचन्द्र बन्जाडे, सदस्य राम प्रसाद खनाल, सदस्य चुडामणि बन्जाडे, सदस्य नेत्र प्रसाद, सदस्य ध्रमेन्द्र भुषाल, सदस्य शैलेन्द्र बिक्रम थापा र सदस्य–सचिव रमेश सापकोटा रहेका छन् ।
संस्थाले दुवै समितिलाई सफलताका शुभकामना दिँदै सहकारीलाई अझ पारदर्शी, सदस्य–मैत्री र मजबुत बनाउने लक्ष्यासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.