रक्तदान कार्यक्रम गरी ईजी ग्रुपले ११औं स्थापना दिवस मनाउने

पोखरा । ईजी ग्रुपले आफ्नो ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रुपले स्थापना दिवसको अवसरमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम गर्न लागेको हो ।

ईजी ग्रुपको भवन परिसर न्यूरोडमा कार्यक्रम हुने ग्रुपका संस्थापक राम कँडेलले जानकारी दिए । कार्यक्रम बिहान ७ बजेबाट ११ बजेसम्म चल्नेछ । स्वेच्छिक रक्तदाताहरूले रक्तदान गर्न सक्नेछन् ।

ईजी ग्रुप २०१४ मा स्थापना भएको हो । ग्रुप अन्तर्गत इजी फ्यासिलिटिज, इजी ट्रेडिङ, चौतारी इन्टरनेशनल, चौतारी बुटिक होटल, गोर्खा ल्याण्ड सेक्युरिटी ग्रुप, राष्ट्रिय पोशाक घर सञ्चालनमा छन् ।

ग्रुपले सामाजित्त उत्तरदायित्व बहन गर्दै स्थापना दिवस मनाउन लागेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कँडेलले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.