इक्यानद्वारा ‘कोभिड हेल्प डेस्क’ स्थापना

काठमाडौं । कोरोना महामारीको विद्यमान अवस्थालाई मध्यनजर गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोभिड हेल्प डेस्क स्थापना गरेको छ । हेल्प डेस्कले इक्यानका सदस्य, परिवार लगायत नेपाली नागरिकलाई कोभिड सम्बन्धी विभिन्न जानकारी तथा सहायताको लागि सहयोग पुग्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

हेल्प डेस्कको मूख्य उद्देश्य भनेको कोरोना परीक्षणको लागि सहयोग गर्ने, संक्रमितको अवस्था मूल्याङकन तथा ट्रयाकिङ गर्ने, चिकित्सकीय परामर्शको व्यवस्था गर्ने, एम्ब्ुलेन्स तथा अस्पतालमा भर्नाको लागि सहयोग गर्ने, अक्सिजन, ब्लड प्लाज्मा तथा आवश्यक औषधीको व्यवस्था गर्ने लगायत छन् ।

इक्यानका हरेक शाखामा हेल्प डेस्क स्थापना गरिने महासचिव दीपकराज भुसालले जानकारी दिए ।

You might also like

Comments are closed.