इक्यान चितवन शाखामा अर्याल

चितवन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवन शाखाको अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न दसौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

शाखाको निबर्तमान अध्यक्ष हिम्मत पुरी रहेका छन् भने उपाध्यक्षमा दीपक चन्द्र भट्टराई, सचिवमा किशोर सुवेदी, कोषाध्यक्षमा प्रज्वल पौडेल निर्वाचित भएका छन् ।

सदस्यमा केशव राज सेडार्इं, ठकुर रेग्मी, लक्ष्मण कंडेल र कृष्ण प्रसाद सापकोटा छन् ।

 

You might also like

Comments are closed.