इक्यान ललितपुरमा उपेन्द्रदेव ढकाल

ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको अध्यक्षमा उपेन्द्रदेव ढकाल निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा अर्विन्द कुमार सिंह, सचिवमा वीरेन्द्रराज बज्राचार्य र कोषाध्यक्षमा सनम कुमार महर्जनलाई निर्वाचित भएका छन् ।

सदस्यमा अजित कुमार थापा, दीवस महर्जन, बिनोद कुमार भट्टराई छन् ।

You might also like

Comments are closed.