काठमाडौं । शैक्षिक परामर्श व्यवसायमा वैदेशिक लगानी (एफडिआई) आवश्यक नरहेको सरोकारवालाहरुले बताएका छन् । शैक्षिक परामर्श व्यवसायीहरुको आबद्धमा स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २६औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले शैक्षिक परामर्श व्यवसायका लागि नेपाली जनशक्ति र लगानी नै प्रयाप्त रहेको उनीहरुले बताए । सानो लगानीबाट सानो ठाउँमा शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न सकिने भएकाले वैदेशिक लगानी ठूला लगानीहरुमा खोजिनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वैदेशिक लगानी शैक्षिक परामर्श व्यवसायका लागि आवश्यक नरहेको बताए । परामर्श व्यवसायका लागि नेपालकै पुँजी र यहाँकै व्यवसायीहरु प्रयाप्त रहेको उनको भनाइ छ । विद्यार्थीलाई विदेश पठाउन भन्दा नेपालमै स्तरीय शिक्षा प्रदान गर्नतर्फ सबैको ध्यान जानुपर्ने पाण्डेले बताए । शिक्षा बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउँदै उनले प्राविधिक शिक्षामा राज्यले जोड दिनुपर्ने धारणा राखे । प्रदेश सरकारले विज्ञान तथा प्रविधि विश्वविद्यालयका अवधारणा अगाडि बढाएको जानकारी दिदै मुख्त्रीमन्त्री पाण्डेले उच्च शिक्षा सम्बन्धी ऐन बनेको र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए । हरेक क्षेत्रमा शिक्षित जनशक्ति आवश्यक पर्ने र वैदेशिक रोजगारीमा जाने क्रममा पनि सिपसहित जानुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष प्रकाश पाण्डेले वैदेशिक लगानी, धरौटी लगायतका विषयमा शैक्षिक परामर्श व्यवसायीलाई दुःख दिने काम नगर्न राज्यलाई आग्रह गरे । शैक्षिक परामर्श व्यवसायहरुलाई व्यवस्थित बनाउने अभियानमा इक्यान रहेको बताउँदै उनले पारदर्शी र व्यवस्थित व्यवसाय गर्न सबैलाई आग्रह गरे । इक्यान स्थापनाको २५ वर्षसम्ममा संस्थामा योगदान पुर्याउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निबर्तमान अध्यक्ष भवानी राणा, नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष एवं सिटी एक्स्प्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डन, नेपाल अभिभावक संघका अध्यष शुप्रभात भट्टराई, जाल्सानका अध्यक्ष रमेश देवकोटा, फेकनका अध्यक्ष बासु नेपाल, इक्यानका पूर्व अध्यक्ष परिषद संयोजक राजेन्द्र बराल, सल्लाहकार समिति सभापति एवंं पूर्व अध्यक्ष अरुण लामिछाने लगायतले बालेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष देवीदास भट्टराईले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव दीपकराज भुसालले गरेका थिए ।
यसैबीच, इक्यानले सामाजिक उत्तरदायित्व बहन गर्दै अन्तरदृष्टि नेपाललाई ४१ हजार ४ सय २४ रुपैयाँ सहयोग गरेको छ । संस्थाका पूर्व प्रथम उपाध्यक्ष महेशबाबु तिमिल्सिनाद्वारा निर्मित चलचित्र ‘चिसो एष्ट्रे’को च्यारिटी सोबाट बचत भएको रकम संस्थाले स्थापना दिवसको अवसरमा सहयोग गरेको होे । अन्तरदृष्टि नेपालका सञ्चालक नन्दु प्रसाईंलाई संस्थाले सहयोग चेक हस्तान्तरण गरेको इक्यान सदस्य एवं सिएसआर विभाग प्रमुख सुस्मा आचार्यले जानकारी दिइन् ।
सोमबार नै वार्षिकोत्सवको अवसरमा संस्था संस्थामा योगदान पुर्याउने महिला व्यवसायी, आजीवन सदस्य लगायतलाई सम्मान गरेको छ ।
सोमबार बिहान इक्यानले पुतलीसडक, बागबजार र डिल्लीबजार क्षेत्रमा वृक्षरोपण गरेको छ । महानगरसँग समन्वय गर्दै इक्यानका सहकोषाध्यक्ष कर्ण गुरुङको सक्रियतामा ५ सय वटा बिरुवा रोपिएको महासचिव दीपकराज भुसालले जानकारी दिए ।
Comments are closed.