‘इक्यानलाई नयाँ ढंगले अगाडि बढाउन महासचिवमा मेरो उपस्थिति’

वासुदेव दाहाल
प्रथम सचिव
तथा महासचिवका उम्मेदवार
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

म इक्यान ललितपुरको संस्थापक सचिव हुँ । जिल्ला हुँदै इक्यानको केन्द्रमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बन्ने मौका पाएको थिएँ । केन्द्रीय सदस्य बन्ने मात्र होइन त्यतिबेला अतिरिक्त क्रियाकलापका जिम्मेवारी पनि मलाई थियो । उक्त जिम्मेवारी प्रभावकारी रूपमा निभाएँ भन्ने मलाई लाग्छ । संस्थागत हितका काम गर्नुपर्छ भन्ने कुराले मलाई झक्झकाई रह्यो । इक्यानलाई कसरी अगाडि बढाउन सकिन्छ र गरिमा कायम गर्न सकिन्छ भनेर मैले धेरै समय खर्चिएको छु ।

यसै कामको मूल्याङ्कन गर्दै मलाई सर्वसम्मत प्रथम सचिवको जिम्मेवारी पनि दिइएको थियो । सोही क्रममा इक्यान फेयर विभागको जिम्मेवारी पनि मैले प्राप्त गरें । कारोना संक्रमण बढेर लक डाउन भएको अवस्थामा पनि हामीले संस्थागत गतिविधि सञ्चालन गर्यौं । लकडाउनका बीच हामीले अनलाइन एजुेकसन फेयर सम्पन्न गरेका थियौं । शैक्षिक परामर्श क्षेत्रमा नेपालका लागि यो पहिलो प्रयोग थियो र हामी सफल पनि भयौं । यसबाट हामीले धेरै अनुभव लिनुका साथै नयाँ कुरा सिक्ने अवसर पनि पायौं ।

शैक्षिक परामर्श क्षेत्रमा राज्यले नीतिगत क्षेत्रमा सुधारका लागि प्रयास गरोस् भन्ने कुरामा हाम्रो माग सधै रह्यो । राज्यसँग हामीले हाम्रो व्यवसायको पहिचानका लागि गरेका नीतिगत लडाई, हरेक लविङ, छलफल, हरेक काममा मेरो सहभागिता रहँदै आएको छ । इक्यान बुझेको मात्र नभई हाम्रो व्यवसाय र व्यावसायिक सवालमा बोल्नको लागि २ कार्यकालमा मेरो लागि उत्कृष्ट थलो रह्यो, यही आधारमा मैले आफूलाई थप अनुभव सहित तिखार्दै लगेको पनि छु ।

jutta mela

यिनै अनुभव, विश्वास र क्षमतालाई थप व्यवस्थित बनाएर संस्था र व्यवसायीको हितमा काम गर्नको लागि संस्थाले मलाई थप जिम्मेवारी देओस् भन्ने मेरो अपेक्षा हो । त्यसकारण म इक्यानको अबको नेतृत्व महासचिवको हैसियतले अगाडि आउन सक्छु । यसको लागि म योग्य छु ,यस अघिका बाँकी रहेका काम र अब थप योजना बनाएर अगाडि बढ्नको लागि पनि यो पद मेरो लागि योग्य हो र पदलाई न्याय गर्न सक्छु जस्तो लाग्छ । महासचिव भनेर नित्यकर्ममा मात्र बांधिएर बस्न भन्दा पनि केही गरेर देखाउने मेरो योजना हो । संस्थालाई नयाँ गति दिनको लागि मसँग योजना छन्, त्योस्तरको जिम्मेवारी सहितको प्लाटफर्म मेरो रोजाईं हो ।महासचिवको रूमा एउटा गति र विचार दिएर सबै जिम्मेवार साथीहरूलाई सँगसँगै लिएर अगाडि बढ्नको लागि मेरो प्रयास सहितको प्रतिबद्धता रहन्छ ।

अबको १० वर्षमा नेपालको शैक्षिक परामर्श क्षेत्रको आकार कस्तो हुन्छ , कुन बाटोमा जान्छ कति सबल बन्छौ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । अहिलेका विद्यार्थी तथा अभिभावक धेरै कुरामा जानकार हुनुहुन्छ । हामीले उहाँहरूको आवश्यकतालाई व्यावसायिक रूपले कसरी सम्बोधन गर्न सक्छौं सो विषयमा हामीले काम गर्नु जरूरी छ ।

एउटा काउन्सिलर कोर्ष डिजाइन गर्नु आवश्यक छ । यसले काउन्सिलर उत्पादन गर्ने प्लाटफर्म तयार हुन्छ भन्ने लाग्छ । नयाँ बजारको खोजी, सम्भावनाको खेती गर्ने दायित्व पनि महासचिवको कामभित्र पर्छ । अवसरको सृजना गर्नुपर्छ । यसबाट सृजना भएका अवसरलाई हरेक सदस्यले अपनत्व महसुस गर्ने समान रूपले वितरण गर्नुपर्छ । नेपालको हरेक भुगोलमा रहनुभएका इक्यानियनको विश्वासलाई कायम राख्नु आजको आवश्यकता हो ।
(दाहालसँगको कुराकानीमा आधारित )

You might also like

Comments are closed.