शैक्षिक परामर्श व्यवसायको हकहितमा सधैं सक्रिय रहन्छुः इक्यान उपाध्यक्ष क्षेत्री

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिको उपाध्यक्षमा निर्वाचित भुवन क्षेत्रीलाई इक्यान कास्कीले बधाई ज्ञापन गरेको छ । इक्यान कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका सभापतिसमेत रहेका क्षेत्रीलाई बुधबार बधाई ज्ञापन गरिएको हो ।

इक्यान कास्कीका अध्यक्ष रमेशकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । इक्यान कास्कीले केन्द्रीय समितिको उपाध्यक्षमा प्रतिनिधित्व गर्ने अवसर पाउनु गौरवको विषय भएको अध्यक्ष थापाले बताए ।

कार्यक्रममा बोल्दै इक्यान उपाध्यक्ष क्षेत्रीले आफूलाई अत्याधिक मतसहित विजयी गराउने सम्पूर्ण इक्यान सदस्यहरुप्रति आभार व्यक्त गर्दै सिफारिस गर्ने र जिताउन भूमिका खेल्ने इक्यान कास्कीप्रति पनि आभार व्यक्त गरे । शैक्षिक परामर्श व्यवसायको हकहितमा आफू सधैं सक्रिय रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै इक्यान कास्कीका पूर्व अध्यक्षलाई अत्याधिक मत दिई विजयी बनाउने सबैलाई शाखाले समेत आभार व्यक्त गरेको छ ।

इक्यान केन्द्रका निबर्तमान सहकोषाध्यक्ष कर्णबहादुर गुरुङ लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.