काठमाडौं । शिक्षा ऐन संशोधनको पहल गर्न नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले सक्रियता देखाएको छ ।
यसै क्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझाउँदै दबाब दिने काम भइरहेको छ ।
ऐनमा समावेश हुन लागेको धरौटी लगायतका विषय संशोधनको मागसहित इक्यानले दबाब दिने क्रममा प्रधानमन्त्री कार्यालयका जनसम्पर्क अधिकृत बुद्धि जि.सी.लाई ज्ञापन पत्र बुझाएको महासचिव दीपकराज भुसालले जानकारी दिए ।
‘धरौटीको विषयमा केन्द्रित हुँदै विदेशी लगानी शैक्षिक परामर्श क्षेत्रमा नल्याउने व्यवस्था गर्नका लागि पनि अनुरोध गरिएको छ,’ उनले भने ।
Comments are closed.