इक्यानले २७ औं स्थापना दिवसको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । भाद्र १३ गते दिन २६ औ वर्ष पार गरि २७ औं वर्षमा प्रवेश गर्नलागेको इक्यानले विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरि सप्ताहब्यापि रुपमा मनाउने निर्णय गरेको महासचिव दीपक राज भुषालले जानकारी दिए ।

Journey Beyond Boundaries मुख्य नारासहित भदौ ७ गतेदेखि १६ गतेसम्म विभिन्न विद्यार्थी, अभिभावक, सदस्य कम्पनी, समाज र सामाजिक उत्तरदायित्वलाई लक्षित गरि रचनात्मक गतिविधिहरु गरि सभ्य र भब्यताका साथ मनाउने जानकारी इक्यानद्वारा जानरी वित्रप्तीमा जनाइएको छ ।

भदौ ७ गते बिहीबार विहान १० बजेदेखि ०२ बजेसम्म होटल हार्दिक बागबजारमा ECAN’s Life Saving Initiative :Blood Bonds Us, अभियान अन्र्तगत रक्तदान एवम Consultant Doctors हरुद्वारा Free Health Camp कार्यक्रम सम्पन्न भएको छ ।। नेपाल मेडीसिटी हस्पिटलसँगको सहकार्यमा भएको उक्त कार्यक्रममा सहभागी भई उत्साहका साथ रक्तदान एवमHealth Check – up को निमित्त सम्पुर्ण सदस्य लगायत आम समुदायको उत्साहजनक सहभागिता थियो ।

मिति २०८०/०५/०८ गते (तदअनुसार Aug. 25, 2023) शुक्रबार दिनको १ बजेदेखि ५ बजे सम्म होटल एभरेष्ट, न्यु बानेश्वरमा शैक्षिक परामर्श क्षेत्रमा आवद्ध तथा यस ब्यवसायसँगको सहकार्यमा रहने महिला ब्यवसायी तथा उद्यमशिलताहरुको साझा समस्या, अवसर तथा चुनौतीका सम्बन्धमाECAN Women Leadership: Empowerment and Inspiration  कार्यक्रम  गर्ने बताइएको छ ।।  उपसभामुख प्रमुख अतिथि रहने सो कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका महिला उद्यमि ब्यावसायीहरुको सहभागिता हुने उक्त कार्यक्रमलाई Australian Insurance Service Alliance, Education Center of Australia (ECA), Seneca Education Consultancy Pvt. Ltd र Desperate Nepal Travels & Tours Pvt. Ltdले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

मिति २०८०/०५/११ गते (तदअनुसार Aug. 28, 2023) सोमबार विहान ११ बजेदेखि १ बजे सम्म यस संघसँग आवद्ध ब्यवसायीहरुको साझा समस्या र सो कोे समाधानको निमिक्त, समस्याको पहिचान तथा समाधानका उपायहरु पहिल्याउनका निमिक्त, सदस्यबीच राय सुझाव संकलन स्वरुप शैक्षिक परामर्श क्षेत्रका चुनैती, अवसर र भावि योजना शिर्षकमा Virtualअन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताइएको छ  ।

मिति २०८०/०५/१२ गते (तदअनुसार Aug. 29, 2023) मंगलबारका दिन विहान ७ बजे देखि ९ बजे सम्म शैक्षिक परामर्श क्षेत्र सँग सम्बन्धित जनचेतना मुलक सन्देश लेखिएका ब्यानर, प्लेकार्ड सहित डिल्लिबजारबाट पुतलिसडक, कमलादी, घण्टाघर, बागबजार, पुतलिसड्क, पदमोदयमोड, भृकुटीमण्डप, भद्रकाली हुदै माईतिघर मण्डलासम्म पुगेर सभामा परिणत गर्ने कार्यक्रम रहेको छ ।

मिति २०८०/०५/१३ गते (तदअनुसार Aug. 30, 2023) बुधबारका दिन दिउसो ३ बजेदेखि नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमकाबीच  २७ औ ईक्यान स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नितिगत ब्यवस्थापन विषयको विज्ञहरुसँग छलफल चलाईनुका साथै यस संघमा आवद्ध विभिन्न सदस्य कम्पनिहरुको योगदानको आधारमा विविध विधामा Excellence Award प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्र्तरगत राष्ट्रिय अविस्कार केन्दका अध्यक्ष  महाविर पुन एवम अन्य संस्थाहरुलाई सहयोग समेत गर्ने लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने तयारी रहेको महासचिव भुषालले जानकारी दिए ।

मिति २०८०/०५/१६ गते (तदअनुसार Sep.  02, 2023) शनिबारका दिन साँझ ५ बजे देखि काठमाण्डौको प्रज्ञा प्रतिस्ठान, कमलादिमा नेपालका चर्चित हास्यब्यङ्ग कलाकार मनोज गजुरेल सहित सैलेन्द्र सिंमखडा, टिका भण्डारी, सुवोध गौतम, म्याक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा, प्रविना अधिकारी लगायतका कलाकारहरुको साथमा “८० सालको गाईजात्रा ईक्यानको साथमा” मनाउने कार्यक्रम रहेको जनाइएको छ । उक्त कार्यक्रमलाई गोल्डेन गेट होलिडेज तथा एस एम एस एजुकेसन सर्भिसेज प्रा. लि. ले प्रायोजन गरेका छन् ।

साथै यस नेपाल शैक्षिक परामर्श संघका सवै शाखाहरु, ईक्यान चितवन, ईक्यान कास्की, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल, ईक्यान रुपन्देही, इक्यान झापा तथा इक्यान पर्सा कोअर्डिनेसन कमिटिले पनि विविध रचनात्मक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु जस्तै रक्तदान, बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी वितरण, सरसफाई लगायतका कार्यक्रमहरु गरि मनाउने तय भएको बताइएको छ ।

साथै यस नेपाल शैक्षिक परामर्श संघका सवै शाखाहरु, ईक्यान चितवन, ईक्यान कास्की, ईक्यान ललितपुर, ईक्यान पुर्वाञ्चल, ईक्यान रुपन्देही, इक्यान झापा तथा इक्यान पर्सा कोअर्डिनेसन कमिटिले पनि विविध रचनात्मक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु जस्तै रक्तदान, बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी वितरण, सरसफाई लगायतका कार्यक्रमहरु मनाउने कार्यकक्रहरु तय भएका छन् ।

You might also like

Comments are closed.