इक्यान पुर्वाञ्चल शाखाको अध्यक्षमा हेम जीवन निरौला

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) पुर्वाञ्चल शाखाको चौथो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा हेम जिवन निरौला (रविन्द्र) निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा रवि कुमार गुप्ता, सचिवमा दुर्लव कार्की, कोषाध्यक्षमा गोपाल निरौला निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा जुगल कुमार चौधरी, यादव पौड्याल, कनक यादव, कविता पौड्याल पाण्डे रहेका छन् ।

निवर्तमान अध्यक्ष प्रकाश लकान्द्री पदेन सदस्य रहने व्यवस्था छ । उपाध्यक्ष र सदस्य सर्वसम्मत चयन भएका हुन् भने अध्यक्ष, सचिव र कोषाध्क्ष निर्वाचनबाट चयन गरिएको हो ।

इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको केन्द्रीय महासचिव दीपकराज भुषालले जानकारी दिए ।

You might also like

Comments are closed.