इक्यान रुपन्देही शाखाको अध्यक्षमा गिरीराज पाण्डे

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाको अध्यक्षमा गिरीराज पाण्डे निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समतिकिो उपाध्यक्षमा राजेश प्रसाद पान्डेय, सचिवमा गोविन्द बस्नेत र कोषाध्यक्षमा दिपेश अर्याल निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा समीर सुवेदी, उपेन्द्र यादव, रामचन्द्र खरेल र अर्जुन पौडेल चयन भएका छन् । निवर्तमान अध्यक्ष देव बहादुर कुंवर पदेन सदस्य रहने व्यवस्था छ ।

You might also like

Comments are closed.