महिलाहरुको उपस्थितिले कुनैपनि क्षेत्रलाई बलियो बनाउन सक्छः इक्यान अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष शेषराज भट्टराईले महिलाहरुको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउन सक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए । इक्यानको वार्षिकोत्सवको अवसरमा मंगलबार होटल हिल्टनमा आयोजित ‘दोस्रो वुमन लिडरसिप कन्क्लेभ’मा बोल्दै अध्यक्ष भट्टराईले महिला र पुरुष सबै उत्तिकै क्षमतावान रहेको उनले बताए ‘अवसर प्राप्त भएको बखतमा विभिन्न क्षेत्रका महिलाहरुले आफ्नो क्षमतालाई प्रमाणित गरिसक्नु भएको छ, इक्यानको यो कार्यक्रमले यही यथार्थलाई थप प्रमाणित गरेको छ ।’

कुनैपनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभइ अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उनले बताए । राज्यका नीति निर्माणका तहमा पनि उनीहरुको उपस्थिति बलियो हुनुपर्ने इक्यानको मत रहेको उनको भनाइ छ । महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इक्यानका निर्वतमान अध्यक्ष प्रकाश पाण्डे, पूर्वअध्यक्षहरु विष्णुहरि पाण्डे, राजेन्द्र पाण्डे, सल्लाहकार अरुण लामिछानेलगायत शैक्षिक परामर्श क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यवसायमा आबद्ध महिलाहरुको सहभागिता थियो ।

lcci
You might also like

Comments are closed.