इक्यान शैक्षिक मेला असोज १६ गते बुधबार एभरेष्ट होटलमा हुने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित शैक्षिक मेला असोज १६ गते बुधबार हुने भएको छ । यस अगाडि असोज १३ गते आइतबार हुने भनिएको मेला बाढी पहिरो लगायत विषम परिस्थितिलाई मध्यनजर गर्दै इक्यानले स्थगित गरेको थियो । वर्षा रोकिएर परिस्थिति सहज बन्ने अवस्था उन्मुख भएसँगै स्थगित मेलालाई १६ गते गर्ने निर्णय गरिएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको एभरेष्ट होटलमा असोज १६ गते बिहान ९ः३० देखि साँझ ५ बजेसम्म मेला हुनेछ । मेलामा १५ हजार विद्यार्थी तथा अभिभावकको उपस्थित हुने अपेक्षा इक्यानले लिएको छ।

शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन् भन्ने अपेक्षासहित मेला आयोजना गरिएको इक्यानले जनाएको छ ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्यूजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको प्रत्यक्ष सहभागीता हुनेछ ।

नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवं अवसर जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्था, विश्वविद्यालय र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उद्देश्य रहेको इक्यानले जनाएको छ ।

jutta mela

वन अप प्रालिको व्यवस्थापनमा हुन लागेको मेलाको मुख्य सहयोगीको रुपमा रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सी प्रालि रहेको छ भने इन एशोसिएसनको रुपमा वेद इन्टरनेशनल एजुकेशन प्रालि, प्रायोजकमा केआइइसी प्रालि, अर्विट इन्टरनेशनल इजुकेशन प्रालि, ग्रेस इन्टरनेशनल छन् । आईइएलटीएस पार्टनर केडिएफ ब्रिटिश काउन्सिल छ ।

कोभिड–१९ महामारी पछि इक्यानले आयोजना गरेको पहिलो शैक्षिक मेला भएकाले पनि विशेष महत्वका रुपमा हेरिएको छ । विद्यार्थीको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुनेछ । मेला आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको बताइएको छ ।

मेलाले विशेष गरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीलाई विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीबारे विस्तृत जानकारी प्रदान गर्नेछ । विद्यार्थीले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजात, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्नेछन् ।

मेलामा सहभागी हुने विद्यार्थीले विभिन्न देशका प्रतिनिधिसंग प्रत्यक्ष संवाद गर्न पाउनेछन्, जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा गरिएको छ । मेला विशिष्ट रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पारिएको शिक्षण सामग्री र परामर्श प्रदान गरेर नेपाली विद्यार्थीको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्ने इक्यानले जनाएको छ ।

You might also like

Comments are closed.