इक्यान कास्कीको अध्यक्षमा ओम प्रकाश, उपाध्यक्षमा सन्तोष र सचिवमा सुरेन्द्र

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न सातौं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल र कोषाध्यक्षमा देव बहादुर क्षेत्री निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा डम्बर बहादुर जिसी, बिक्रम बहादुर बस्नेत, राजन पन्थी, टंकराज बराल निर्वाचित भएका छन् । उपाध्यक्ष र सदस्य सर्वसम्मत हुँदा अन्य पदमा भने निर्वाचन भएको थियो ।

अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष गैरेले सम्पूर्ण व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.