नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाको पाँचौँ अधिवेशनबाट रबि कुमार गुप्ता सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनबाट गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हेम जीवन निरौला, उपाध्यक्षमा दुर्लभ कार्की, सचिवमा गोपाल निरौला तथा कोषाध्यक्षमा कविता पाण्डे चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा जुगल चौधरी, किरण राई, अनुभव दाहाल र आशुतोष झा रहेका छन् ।
नव–निर्वाचित अध्यक्ष गुप्तासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल, जिम्मेवार र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ । नयाँ नेतृत्वले शैक्षिक परामर्श क्षेत्रका चुनौती र अवसरलाई समयसापेक्ष रूपमा सम्बोधन गर्दै सदस्यहरूको हक–हित संरक्षण, गुणस्तरीय सेवा प्रवर्द्धन तथा संस्थाको गरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने विश्वास लिइएको छ ।




Comments are closed.