काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी २० औं साधारण सभाका लागि चुनावी सरगर्मी बढेको छ । यही पुस २८ गते हुने निर्वाचनका लागि आज मंगलबार उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ ।
संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका दुई पदाधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) र वर्तमान महासचिव दीपकराज भुषालले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । दुवै उम्मेदवारले आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
उपाध्यक्षमा रत्नबहादुर भट्टराई, विकल्पराज पोख्रेल, फिलिपकुमार डाँगी क्षेत्री, मन्जित ढकाल, पुष्पराज भट्टराई, बासुदेव दाहाल र गीता सिवाकोटीको उम्मेदवारी परेको छ । उनीहरु मध्ये ३ जना निर्वाचित हुनेछन् । महासचिवमा भवनाथ हुमागाईँ र नवराज केसीबीच सिधा प्रतिस्पर्धा हुनेछ ।
सचिवमा आशिक कार्की, सुरज सिलवाल, भुपाल केसी र एलबी तामाङले मनोनयन दर्ता गरेका छन् । उनीहरु मध्ये २ जना सचिवमा निर्वाचित हुनेछन् । कोषाध्यक्षमा उमा खड्का र साधना पुडासैनीबीच प्रतिस्पर्धा हुनेछ । सह–कोषाध्यक्षमा गोविन्द खनाल र भीमबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

कार्यसमिति सदस्यका लागि १४ जनाले मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दिनेहरूमा अशोककुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना, वसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिव प्रसाद अर्यालबीच सदस्यमा प्रतिस्पर्धा हुनेछ । उनीहरु मध्ये ९ जना सदस्यमा निर्वाचित हुनेछन् ।
पुष २८ गते हुने मतदानले इक्यानको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । शैक्षिक परामर्श क्षेत्रको छाता संगठन इक्यानको यो निर्वाचनलाई यस क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।




Comments are closed.