काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको सरगर्मी बढेको छ । यही पुस २८ गते काठमाडौंमा हुने इक्यान निर्वाचनका लागि वर्तमान महासचिव दीपकराज भुसालले अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
भुसालको उम्मेदवारीलाई इक्यानका वर्तमान अध्यक्ष शेषराज भट्टराई र निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले प्रस्तावक र समर्थक बसेर स्पष्ट समर्थन जनाएका छन् । यसले भुसालको पक्षमा संस्थापन पक्षको बलियो पकड रहेको संकेत गरेको छ ।
परामर्श क्षेत्रलाई नीतिगत रूपमा व्यवस्थापन गर्न र ऐन संशोधनमा पहल गर्ने लगायतका एजेन्डासहित भुसाल मैदानमा उत्रिएका छन् । १५ वर्षदेखि इक्यानमा निरन्तर क्रियाशील भुसालले शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी व्यवसायीका हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका छन् ।
दीपकराज भुसाल : अनुभवी नेतृत्व, स्पष्ट दृष्टिकोण
दीपकराज भुसाल शैक्षिक परामर्श क्षेत्रका एक स्थापित र शालीन व्यक्तित्व हुन् । विगत १५ वर्षदेखि इक्यानमा सक्रिय रहँदै उनले संस्थाको तल्लो तहदेखि उच्च तहसम्मको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।
एनलाइटन इन्टरनेशनल एजुकेसनका सञ्चालक भुसाल वि.सं. २०६६ सालमा साधारण सदस्य बनेर इक्यानको यात्रा सुरु गरेका हुन् । शैक्षिक परामर्श क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव सँगालेका उनले इक्यानभित्रको यात्रा ‘एक्स्ट्रा डिपार्टमेन्ट’ को सदस्यबाट सुरु गरेका थिए ।
प्रकाश पाण्डे अध्यक्ष हुँदा उनी कार्यसमिति सदस्यमा पहिलो पटक निर्वाचित भएका थिए । जुन समय गोकर्ण फरेस्ट रिसोर्टमा ऐतिहासिक वनभोज र कर्पोरेट फुटसल जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न उनले संयोजकको भूमिका निर्वाह गरे । प्रथम सचिवमा निर्वाचित भएर ‘फेयर कमिटी’को संयोजक बने । भृकुटीमण्डपमा ३८ लाख आम्दानी गर्ने गरी ‘मेगा फेयर’ आयोजना गराउन अहम भूमिका खेलेको अनुभव उनीसँग छ । एक कार्यकाल सर्वसम्मत महासचिव चयन भए । कोभिड-१९ को कठिन समयमा संस्थाको प्रवक्ता बनेर व्यवसायीको पीडा सरकारसम्म पु¥याउन अग्रणी भूमिका खेले । दोस्रो कार्यकालका लागि महासचिवमा पुनः निर्वाचित भए । अहिले उनी अध्यक्षको सशक्त दावेदार छन् ।

भुसालले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई नीतिगत सुधार र व्यावसायिक हितका लागि भएको बताएका छन् । परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक ऐन/नियम संशोधनमा पहल गर्ने, शिक्षा र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी व्यवसायीका समस्या समाधान गर्ने, इक्यानलाई थप पारदर्शी, अनुशासित र सबै सदस्यको साझा घर बनाउने लगायत प्रतिबद्धता उनको छ ।
भुसाल नेतृत्वको चुनावी प्यानल
अध्यक्ष : दीपकराज भुसाल
उपाध्यक्ष : विकल्पराज पोख्रेल, रत्नराज भट्टराई र मञ्जित ढकाल
महासचिव : भवनाथ हुमागाईं
सचिव : आशिक कार्की र सुरज सिलवाल
कोषाध्यक्ष : उमा खड्का
सहकोषाध्यक्ष : गोविन्द खनाल
सदस्यहरू : अशोक कुमार हात्ती, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना र वसन्त पाण्डे ।




Comments are closed.