इक्यान शैक्षिक मेलामा ७० वटा स्टल रहने, मन्त्री थापाले उद्घाटन गर्ने

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गर्न लागेको इक्यान शैक्षिक मेलामा ७० वटा स्टल रहने भएको छ । भदौ २० र २१ गते पोखराको सिटी स्क्वायर बैंक्युटमा हुने मेलामा करिब ५० वटा एजुकेसन कन्सल्टेन्सी सहभागी हुने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए । त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्था, स्वदेश तथा विदेशका कलेज तथा युनिभर्सिटीसहित अन्य विभिन्न स्टलहरु मेलामा रहने उनले बताए । स्टल माग बढेकाले संख्या थप गरेर ७० पुर्याइएको उनले जानकारी दिए ।

आठौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको र उद्घाटनको तयारीमा इक्यान जुटेको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए । मेलाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्नेछन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, युएसए लगायत देशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधि मेलामा सहभागी हुने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।

एउटै छानामुनी धेरै देशका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर विद्यार्थीले आफू जान चाहेको देशको शैक्षिक प्रक्रियाका बारेमा आवश्यक जानकारी लिने अवसर मेलामा प्राप्त हुनेछ ।

You might also like

Comments are closed.