पोखरा । नेपाल शैक्षिक परामर्श संघ कास्कीले भदौ २० र २१ गते आठौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ आयोजना गर्दैछ । पोखराको न्युरोडस्थित सिटीस्क्वायरमा आगामी शुक्रबार र शनिबार हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको इक्यान कास्कीका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।
मेलामा ५४ स्टल रहनेछन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, युएसए लगायत देशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधि मेलामा सहभागी हुने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।
एउटै छानामुनी धेरै देशका युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटेर विद्यार्थीले आफू जान चाहेको देशको शैक्षिक प्रक्रियाका बारेमा आवश्यक जानकारी लिने अवसर मेलामा प्राप्त हुनेछ ।
Comments are closed.