इक्यान शैक्षिक मेलामा निःशुल्क बस सेवा

पोखरा । इक्यान कास्कीले भदौ २० र २१ (शुक्रबार र शनिबार) आयोजना गर्न लागेको ‘आठौं इक्यान शैक्षिक मेला’मा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । इक्यान मेलालाई लक्षित गरेर विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले निःशुल्क बस सेवा उपलब्ध गराइएको इक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैरेले जानकारी दिए ।

हेमजाबाट बगर, बिन्ध्यबासिनी, चिप्लेढुंगा हुँदै कार्यक्रम स्थलसम्म बस आउनेछ । तालचोकबाट पृथ्वीराजमार्ग हँुँदै कार्यक्रमस्थलमा बस आइपुग्नेछ । त्यस्तै छोरेपाटनबाट बिरौटा, रत्नचोक, जिरो किमी हुँदै मेला स्थलमा बस आउनेछ । महेन्द्रगुफाबाट बगर, नदिपुर हुँदै न्युरोडस्थित कार्यक्रम स्थलमा बस आइपुग्नेछ ।

एक एक घन्टाको फरकमा बस ती स्थानहरुबाट छुट्ने इक्यानले जनाएको छ ।

You might also like

Comments are closed.