इक्यान कास्कीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इक्यान कास्कीका अध्यक्ष रमेश कुमार थापाको अध्यक्षतामा शुक्रबार कास्कीको पर्यटकिय स्थल तान्तिङमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि नेपाल शैंक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले इक्यान कास्कीले संचालन गरेका विभिन्न गतिविधीको प्रशंसा गरे ।

साधारण सभामा इक्यानका केन्द्रीय प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रियु), इक्यान कास्कीका पुर्व अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष भुवन बहादुर क्षेत्री लगायतले बोलेका थिए ।

साधारण सभामा इक्यानका महासचिव दीपकराज भुषाल, कोषाध्यक्ष आशिक कार्की, इक्यान कास्कीका पुर्व अध्यक्ष इविन्द्रराज तिवारी, मिलन तिवारी, कर्णबहादुर गुरुङ, इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाही, कोषाध्यक्ष गणेश कार्की, कार्यसमिति सदस्यहरु सहभागी थिए ।

साधारण सभाले सचिवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको छ ।

 

You might also like

Comments are closed.