पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको अध्यक्षमा रमेशकुमार थापा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न भएको इक्यान कास्की ११ औं साधारणसभा तथा छैठौं अधिवेशनबाट अध्यक्षका उम्मेदवार सन्दिप अर्याललाई पछि पार्दै थापा अध्यक्षमा निवार्चित भएका हुन् ।साथै थापाको अध्यक्षतामा इक्यानको नयाँ कार्यसमिति समेत चयन गरेको छ।
त्यसैगरी, कार्यसमितिको उपाध्यक्षमा सन्तोषबहादुर शाही निवार्चित भएका छन् । उपाध्यक्ष पदमा सन्तोष बहादुर शाही, ओमप्रकाश गैह्रे र युवराज पौडेल उम्मेदवार रहेका थिए । समितिको सचिवमा कमल बराल निवार्चित भएका छन् । सचिवका लागि कमल बराल र हरि पराजुलीको उम्मेदवारी रहेको थियो ।
कोषाध्यक्षमा गणेशबहादुर कार्की र गणेशप्रसाद कोइरालाबीच भएको प्रतिश्पर्धामा गणेशबहादुर कार्की निवार्चित भएका छन् । सदस्यहरमा रुद्र गिरी, विश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र अनिल गौतम सर्वसम्मत चयन भएका छन् ।








Comments are closed.