बनेपामा इक्यान काभ्रे एजुकेशन फेयर, विदेशमा पढ्न चाहनेका लागि अवसर

काठमाडौं ।  शैक्षिक यात्राको सुरुवात अब हाम्रै काभ्रेबाट गर्न सकिने भएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श संघ नेपाल (ECAN) ले आगामी ३० साउन (१५ अगस्ट) मा ‘इक्यान काभ्रे एजुकेशन फेयर’ आयोजना गर्न लागेको छ ।

काभ्रेको बनेपा पार्टी भेन्युमा हुने यो मेलामा विद्यार्थीहरूले निःशुल्क प्रवेश पाउनेछन् र प्रत्यक्ष रूपमा विश्वविद्यालय प्रतिनिधिहरूसँग भेटघाट गर्न सक्नेछन् । उक्त मेला विशेषगरी विदेशमा अध्ययन गर्ने योजना बनाइरहेका विद्यार्थीहरूका लागि उपयोगी हुने आयोजकले जनाएका छन् ।

मेलामा विश्वासिलो तथा लाइसेन्स प्राप्त कन्सल्टेन्सीहरू सहभागी हुनेछन् भने विश्वविद्यालय र कलेजका विवरणहरूबारे प्रत्यक्ष जानकारी लिन सकिनेछ । साथै, स्पट काउन्सिलिङ सुविधा, ग्लोबल अवसरहरूको जानकारी, र इक्यानको गुणस्तरीय सेवा पनि मेलामा प्रस्तुत गरिनेछ ।

विद्यार्थी तथा अभिभावकहरूलाई यो सुनौलो अवसरमा सहभागी भइ आफूलाई आवश्यक जानकारी लिन आयोजकले आग्रह गरेका छन् । सहभागी हुन चाहनेहरूले kavre.ecanfair.com मा गएर निशुल्क दर्ता गर्न सक्नेछन् ।

You might also like

Comments are closed.