काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १५औं वार्षिक साधारण सभा पुस २९ गते बुधबार हुने भएको छ । कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट साधारणसभा हुने इक्यानका महासचिव दीपकराज भुसालले आर्थिक आवाजलाई जानकारी दिए ।
२०७७/७८ का लागि सदस्यता नवीकरण गरेका सदस्यले मात्रै साधारणसभामा भाग लिन पाउनेछन् । पुस २६ गतेसम्म सदस्यता नवीकरण गर्न सकिने इक्यानले जनाएको छ ।
साधारणसभामा महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधन लगायत विविध विषयमा साधारणसभामा विस्तृत छलफल हुने महासचिव भुसालले जानकारी दिए ।





Comments are closed.