फ्र्याङ्फर्ट । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्याधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताएकी छन् । बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उनको यो भनाई आएको हो ।
“हालको मुद्रास्फीति वृद्धिको बावजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,” लागर्डेले लिस्बनमा गरेको एक सम्बोधनमा भनिन् ।
अनि सम्भावित दर वृद्धिका लागि ईसीबीको अवस्था ‘आगामी वर्ष सन्तुष्ट हुने सम्भावना धेरै नरहेको उनले बताइन् ।
यसअघि, ईसीबीले अनुमानित समय सीमाभन्दा अगाडि मुद्रास्फीति आफ्नो २.० प्रतिशत लक्ष्यनजिक नपुगुञ्जेल ऋण लागत बढाउने छैन भनी उल्लेख गरेको छ । बाँकी अवधिभरि नै मुद्रास्फीति त्यस स्तरमा वा त्योभन्दा बढी हुनुपर्छ र यसको आधारभूत मूल्य दबाबसम्बन्धी तथ्याङ्कले समर्थन गर्नुपर्ने हुन्छ ।
ईसीबीको २५ सदस्यीय परिचालक परिषद्ले गत हप्ता ऐतिहासिक न्यूनतामा ब्याज दर तोकेको थियोे । रासस/एएफपी
Comments are closed.