लायन्सबाट फाइदा लिने उपयुक्त मौका : सम्पादकीय

काठमाडौं । नेपाल जस्तो विकाशोन्मुख मुलुकमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको हुन्छ । सामाजिक संघसंस्थाले सामाजिक काममा पुर्याउँदै आएको योगदानलाई हेर्दा उल्लेखनीय परिणाम देख्न पाइन्छ । विशेष गरी प्रजातन्त्रको स्थापना (२००७ साल) पछाडिका समयमा नेपालमा सामाजिक संघसंस्थाले आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएका छन् ।

सामाजिक संघसंस्थामा धेरै गैरसरकारी संघसंस्था पनि छन् भने कतिपय अन्तर्राष्ट्रिय रूपमै सेवा गर्ने उद्देश्यले स्थापित विशुद्ध सहभागितामूलक र सेवामूलक कामको लागि विश्वव्यापी नेटवर्क बनाएका संस्थाहरू पनि छन् । लायन्स क्लब, रोटरी क्लब, जेसिस जस्ता संस्थाले सदस्य संजालमार्फत काम गर्दै आएका छन् । नाफाभन्दा पनि विशुद्ध सेवामा केन्द्रीत देखिने यी संस्था तुलनात्मक रूपमा पारदर्शी पनि छन् । सदस्यहरूको प्रत्यक्ष सहभागिताको मान्यतालाई आत्मसात् गर्दै काम गरिरहेका यस्ता संस्था अन्तराष्ट्रिय अभियान र सार्वजनिक मान्यतालाई बोकेर हिँड्ने हुनाले पनि यीनका कामको प्रभावकारीता बढ्दै गएको देखिन्छ ।

१०५ वर्षभन्दा लामो इतिहास बोकेको लायन्स क्लब्स इन्टरनेशनलले नेपालमा सञ्जाल विस्तार गरेर क्लब तथा सदस्यमार्फत काम गर्न लागेको आधा शताब्दी नाघेको छ । व्यावसायिक पृष्ठभूमीका आफ्ना अधिकांश सदस्यमार्फत सामाजिक काममा बढाएको इतिहास हेर्दा लायन्सको नेपालमा आफ्नै सामाजिक प्रतिष्ठा छ । सामाजिक काममार्फत सामाजिक जिम्मेवारी बहन गर्ने कुरामा लायन्सले पुर्याएको योगदान हामीले आम नागरिकले महसुस गर्ने गरी गरेको देख्दै आएका पनि छौं ।

jutta mela

अहिलेको अवस्थामा लायन्सको प्रभावकारीता र भूमिका नेपालको सन्दर्भमा अझै बढ्दै गइरहेको छ । सामाजिक समस्यादेखि आर्थिक संकटसम्मको अवस्थामा गुज्रिरहेको वर्तमान अवस्थामा लायन्समार्फत अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम ल्याउन सकिने उपयुक्त अवसर पनि छ । लायन्स क्लब्स इन्टरनेशनलका नेपालमा १५ डिष्ट्रिक्ट छन् । यसअघिसम्म ४ ओटा डिष्ट्रिक्टमार्फत काम गर्दै आएकोमा नेपालका साविकका डिष्ट्रिक्टले मल्पिल डिष्ट्रिक्टको अवधारणामा जान पाउने सुविधालाई प्रयोग गरेर संख्या विस्तार भएको हो । लायन्समा डिष्ट्रिक्टको सक्रियता, योगदान र प्रस्तावका आधारमा विभिन्न परियोजना ल्याउन सकिने प्रावधान छ । यसरी डिष्ट्रिक्टको संख्या वृद्धि भएको यो मौकामा लायन्सको क्रियाशिलतालाई थप प्रवद्र्धन गरेर सहयोगका कार्यक्रम विस्तार गर्न सम्बन्धित निकायले भूमिका खेल्न जरुरी छ ।

यसको लागि नेपालमा रहेका पन्ध्रओटै डिष्ट्रिक्टका साझा योजना र प्रतिबद्धता तथा सरकारले त्यसमा सहजिकरण गर्नु उपयुक्त हुन्छ । यसले लायन्स अन्तराष्ट्रियमा नेपालको छबि त उच्च राख्छ नै मुलुकको समर्ग विकास र अन्तरािष्ट्रय सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्न सक्छ ।

You might also like

Comments are closed.