व्यवसायमा हुने बढोत्तरीले राष्ट्रिय अर्थतन्त्रमा योगदान

सम्पादकीय

विद्युतीय सामग्री व्यवसायमा संलग्न व्यवसायीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा राठी स्वीच एण्ड केबुलको प्रमुख प्रायोजनमा काठमाडौँ भृकृटीमण्डपमा मङ्सिर २२ देखि २५ गतेसम्म फिन इलेक्ट्रो टेक २०२२ को आयोजना भएको छ । विगत साढे दुई दशकदेखि यो यात्रा राष्ट्रिय अन्तराष्ट्रियस्तरको विद्युत तथा विद्युतमा आधारित सामग्रीहरुको एक वृहत उत्कृष्ट प्रदर्शनीको तथा यससँग आवश्यक विषयहरुको छलफल र विमर्श गर्ने अवसर एवम स्थल हो । यसले मुलुकमा बढ्दो विद्युत उत्पादनलाई यसका नविनतम प्रविधिका सामग्रीको सुरक्षित र अधिकतम उपयोग गरी खपत बढाई देशको आर्थिक उन्नत र समृद्धिलाई टेवा दिन मद्धत पुर्याउँछ ।

साथसाथै देश विदेशको विद्यु्त, विद्युतीय, सञ्चार एवम सूचना प्रविधि तथा वैकल्पिक उर्जा उद्यमीहरुलाई एकै ठाउँमा भेट गराएको छ । जसले व्यवसाय प्रवद्र्धन, अनुभव साटासाट र यस क्षेत्रमा भएका नविनतम उपलब्धि, ज्ञान र प्रविधिको सूचना आदानप्रदानबाट लाभान्वित हुने अवसर पनि दिएको छ । मूल कुरा त उपभोक्ता वर्गमा विद्य्ुत र विद्युतीय सामग्रीबारे अधिकतम जानकारी दिएर यसको व्यवसाय बढ्ने मात्र होइन यसको कारोवारबाट राष्ट्रिय अर्थतन्त्रलाई केही न केही राहत दिनेनैछ । यसवर्षको मेलाको नारा पनि ‘नेपालको समृद्धि, उर्जा खपतमा अभिवृद्धि’ भन्ने छ । यसको अर्थ विद्य्ुतको खपतसँगै मुलुकको समृद्धिलाई बढावा दिने भन्ने नै हो । यो विकास निर्माणसँग सम्बन्धित पेसा, उद्योग, व्यवसाय हो । वास्तवमा यसमा जति विकास हुन्छ त्यति नै यसको व्यापार, व्यवसाय र उत्पादन बढ्दै जानेछ । अर्थात समग्रमा यसको बजार बिस्तार हुँदै जानेछ भन्ने नै हो ।

मुलुकमा वर्षयाममा २०६६ मेगावाट हाराहारी विद्युत उत्पादन हुन्छ भने अहिले पिक आवरमा १८०० मेगावाटको माग छ । वर्षायाममा उत्पादन बढेर केही विद्य्ुत भारत निर्यात भएको र थप विद्युत बजारको खोजीमा पनि मुलुक छ । यहाँका व्यवसायीले अधिकतम बिजुली यही खपत गरेर बाँकीको लागि बजार खोज्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपालमै विद्युत खपत बढाउँदा यसले पहिलो कुरा आयात प्रतिस्थापनमा मद्धत गर्छ । देशमा १ खर्ब ५० अर्बको विद्युतीय सामग्रीको बजार छ ।

jutta mela

त्यसमा २०७८/०७९ को भन्सार विभागको तथ्यांक अनुसार १ खर्ब १३ अर्बको आयात भएको देखिन्छ । थोरै मात्र हाम्रोमा उत्पादन हुन्छ । विद्युतीय ट्रान्सफर्मर र हाउस वायरिङका सामग्रीमा रहेको आत्मनिर्भरताको प्रयासबाट हामीले विस्तारै निर्यात गर्न सकिने देखिन्छ ।

तर बढ्दो आयातलाई प्रतिस्थापन गर्नको लागि उर्जा खपत बढाउनुपर्छ । यसको लागि खपतयोग्य बस्तुको प्रयोग गरेर मात्र खपत बढाउने हो । यसको लागि उपकरण, सामग्री र डिभाइस थप्दै जानुपर्छ । जस्तो अहिले एलपि ग्याँसको प्रयोग बढेको छ भने विद्युतीय चुलो बाल्दा उर्जा खपत र उपभोक्तालाई सस्तो समेत पर्न जान्छ । मुलुकको हितका लागि सोंचेर आयात प्रतिस्थापन र मुलुकको समृद्धिको लागि व्यवसायी पनि यसतर्फ सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्छ । यस्तो अवस्थामा यस मेलाले केवल व्यवसायीको पेशागत हकअधिकारको संरक्षण मात्र नभई विद्युत र विद्युतीय सामग्रीको उपयोग बढाएर कारोना महामारीमा थलिएको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गरेका छ । साथै कोरोना महामारी पछि आर्थिक कारोवारलाई अभिवृद्धि गर्ने गरी मुलुकभर सुरु भएका मेला महोत्सव बढाउनुका साथै नेपालको समृद्धि, उर्जा खपतमा अभिवृद्धि भन्ने फिन इलेक्ट्रो टेक २०२२ को मकसदले देशको आर्थिक विकासको गतिलाई पनि बल दिनेनैछ ।

खासगरी पछिल्लो समय कोरोनाले आर्थिक अवस्थामा पुरयाएको क्षति, बढ्दो आयात र घट्दो निर्यात, बढ्दो बैंकको ब्याजदरसँगै निम्तिएको आर्थिक संकटमा राहत दिन यस मेलाले एकातिर आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाएको छ । जसले यस क्षेत्रको पेशा व्यवसायलाई केही न केही राहत दिनेछ भने व्यवसायमा हुने बढोत्तरीले क्रमशः राष्ट्रिय अर्थतन्त्रलाई पनि अन्तत टेवा दिनेछ । यसप्रकारको मेलाको निरन्तरताको शुभकामना ।

You might also like

Comments are closed.