पोखरा । पोखराका ४ वटा शैक्षिक परामर्शदातृ संस्थाहरुको संयुक्त आयोजनामा एजुकेशन एण्ड करियर फेयर २०२१ हुने भएको छ । थर्डआई एजुकेशन, इम्पल्स एजुकेशन, मिराकल इन्स्टिच्युट प्रालि र मिराई इन्टरनेशनल एजुकेशनको आयोजनमा फेयर हुन लागेको हो ।
यही चैत ६ गते शुक्रबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा फेयर हुनेछ । फेयरको तयारी तिब्र बनाइएको आयोजकको भनाइ छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको हो ।
फेयरलाई सिड्नी मेट्रो कलेजले सहयोग गरेको छ भने ट्राभलर्स पार्टनरमा ऐश्वर्य ट्राभल्सले साथ दिएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकका लागि फेयर निकै उपयोगी हुने आयोजकको भनाइ छ । फेयरमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
Comments are closed.