शिक्षक सेवा आयोगले खुलायो प्राथमिक शिक्षक पदका लागि विज्ञापन (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले बिहीबार प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको हो ।

सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

आयोगले  मधेश प्रदेशमा १ हजार ११७ सिट , कोशी प्रदेशमा १ हजार ३५५, वाग्मती प्रदेशमा १ हजार २४१, गण्डकी प्रदेशमा ८६१, लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२ र सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका लागि ४२९ सिटका लागि विज्ञापन आह्वान गरेको हो ।

jutta mela

१८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सकिनेछ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।लिखित परीक्षा सामान्य तर्फको २० जेठ २०८० मा हुनेछ । त्यस्तै प्राथमिकत तहको स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा हुनेछ । लिखित परीक्षा एकै दिन एकै समयमा हुने हुँदा कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम भर्न सकिनेछ । यदि सो नगरेको कारणले दरखास्त फाराम अस्वीकृत हुन गएमा उम्मेदवार स्वयम् जबाफदेही र जिम्मेवार हुनुपर्ने आयोगले जनाएको छ ।

यस्तो छ विज्ञापन सूची :

You might also like

Comments are closed.