बतास एम ए डब्लुको ‘स्कूल बस र सडक सुरक्षा’ सचेतना अभियान

काठमाडौं । आइसर ट्रक तथा बसको आधिकारिक बिक्रेता बतास एम ए डब्लुले ‘स्कूल बस र सडक सुरक्षा’ सचेतना अभियान सञ्चालन गरेको छ । यसैक्रममा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा कार्यक्रम भएको छ । कक्षा पाँचदेखि माथिका २ सय भन्दा बढी विद्यार्थीको सहभागितामा कार्यक्रम भएको बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले जानकारी दिए । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको कम्पनीले जनाएको छ ।

आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरूले सुसज्जित छन् । जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, दु्रत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी-लक ब्रेकिङ प्रणाली लगायत समावेश छन् । सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूल बसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।

‘मानिसको जीवनमा सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । झन् स्कूल बसमा त सडक सुरक्षालाई नकार्नै सकिँदैन । बालबालिकाको सुरक्षा आमाबाबूका लागि सदैव महत्वपूर्ण विषय हो । आप्mना बच्चा स्कूलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् । सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उतिकै आवश्यक छ । सन् १९९६ देखि स्कूल बसको सुरुवात गरेको आइसर बस आप्mनो सुरक्षा सुविधा (अन्तराष्ट्रिय सुरक्षा मानक बराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ । ४० सुरक्षा विशेषताहरू सहित स्टेट–अफ–द–आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङको सुनिश्चित गर्दछ । त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टिकोणले अग्रस्थानमा छ,’ बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भने ।

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसरले जनचेतनामुलक कार्यक्रम मार्पmत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको उनले बताए ।

You might also like

Comments are closed.