मतदानका दिन सवारी पासको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा सवारी पास दुरुपयोग नगर्न आग्रह गरेको छ । आयोगले  विज्ञप्तिमार्फत सवारी पास आवश्यक नपर्ने व्यवस्था भएको अवस्थामा सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिले सवारीसाधन ओसारपसार नगर्न सबैसँग अनुरोध गरेको हो ।

साथै, आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निषेधित क्षेत्र प्रवेश पास पाएका व्यक्तिहरूलाई घर–कार्यालय जाने क्रममा पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा अनुरोध गरेको जनाएको छ ।

यदि नियम विपरीत सवारीसाधन प्रयोग हुने अवस्था पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउन सक्ने आयोगले चेतावनी दिएको छ ।

You might also like

Comments are closed.