इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद भट्टराई नियुक्त

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्नो सञ्चालक समितिमा नयाँ नियुक्ति गर्दै केशव प्रसाद भट्टराईलाई सञ्चालक पदमा नियुक्त गरेको छ। कम्पनीको ९९ औँ सञ्चालक समिति बैठकले लालमणि जोशीको राजीनामा स्वीकृत गर्दै उक्त रिक्त पदमा भट्टराईको नियुक्ति गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक भट्टराईसँग वित्तीय क्षेत्र र संस्थागत व्यवस्थापनमा लामो अनुभव रहेको र उनको सहभागिताले इमर्जिङ्ग नेपालको रणनीतिक निर्णयहरूमा नयाँ दृष्टिकोण र सशक्तता थपिने विश्वास कम्पनीले व्यक्त गरेको छ। इमर्जिङ्ग नेपाल लिमिटेडले भट्टराईको नियुक्तिलाई कम्पनीको दीर्घकालीन लक्ष्य र संस्थागत सुदृढीकरणतर्फको एक महत्वपूर्ण कदमका रूपमा लिएको छ।

You might also like

Comments are closed.