इम्पाएर एजुकेसनको पोखरा शाखा अब चिप्लेढुंगामा

पोखरा । इम्पाएर एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको शाखा नयाँ ठाउँमा सरेको छ । यस अगाडि पोखराको महेन्द्रपुलमा रहेको इम्पाएर एजुकेसन नयाँ व्यवस्थापनसहित चिप्लेढुंगामा सरेको हो । युएफओको अगाडि प्रोग्रेसिभ फाइनान्स भएको घरमा कार्यालय सञ्चालनमा आएको शाखा प्रवन्धक सोनी परियारले जानकारी दिइन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि परामर्श सेवा प्रदान गर्दै आइरहेको इम्पाएरले लोकप्रिय कन्सल्टेन्सी पहिचान बनाउन सफल छ । १५ वर्ष अगाडि स्थापना भएको यो कन्सल्टेन्सीको मुख्य कार्यालय अष्ट्रेलियामा छ ।

पोखरामा नयाँ शाखा स्थापनाको अवसरमा IELTS, PTE को कक्षामा ५० प्रतिशत छुट प्रदान भइरहेको परियारले जानकारी  दिइन् । अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीहरुसँग सहकार्य गरी इम्पाएरले डाइरेक्ट काम गर्दै आइरहेको छ ।

jutta mela

विद्यार्थीको स्तर, क्षमता, रुची र दक्षताका आधारमा परामर्श प्रदान गर्न इम्पाएर सफल रहेको परियारले बताइन् । ‘सही कलेज तथा युनिभर्सिटी र विषय छनोट गरी विदेश जान विद्यार्थीलाई सहयोग गर्छौं,’ उनले भनिन्, ‘हामीले विद्यार्थीलाई अष्ट्रेलिया, युके, क्यानडा, युुएसए न्युजील्याण्ड लगायतका देशका शिक्षा नीति तथा व्यवस्था सम्वन्धी जानकारी, फि स्टक्चर, कक्षा सञ्चालन, काम गर्ने अवस्था, कलेज तथा युनिभर्सिटी, देशको नीति नियम, वातावरण लगायत विविध विषयमा सत्य, तथ्य जानकारी तथा परामर्श दिदै आएका छौं ।’

पोखरासहित अष्टे«लियाको व्रिसवेन र सिड्नी, नेपालको काठमाडौं नयाँबानेश्वर, पुलतीसडक र बुटवल, भुटानको थिम्पू, फिलिपिन्सको मकाटीमा पनि कार्यालय छन् ।

You might also like

Comments are closed.