अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीमा अध्ययनको लागि इम्पाएर माध्यम बनेको छः शाह

स्वतन्त्र प्रताप शाह, फाउण्डर/सिइओ, इम्पाएर इन्टरनेशनल एजुकेसन एण्ड भिजा सर्भिसेस

युवा उद्यमी स्वतन्त्र प्रताप शाह बिगत लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा आबद्ध छन् । अष्ट्रेलियामा उनले १५ वर्ष अगाडि इम्पाएर इन्टरनेशनल एजुकेसन एण्ड भिजा सर्भिसेस स्थापना गरे । अष्ट्रेलिया, नेपाल, भुटान, फिलिपिन्सका विभिन्न शहरमा शाखा बिस्तार गर्दै कन्सल्टेन्सीले सेवा प्रदान गरिरहेको छ । इम्पाएरका सञ्चालक शाह अष्ट्रेलियाका लागि नेपालका पर्यटन दूतसमेत हुन् । अष्ट्रेलियामा उनले रियलस्टेट व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । कलाकारिता क्षेत्रमा पनि विशेष रुची र चासो राख्ने शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्षसमेत भएर काम गरिरहेका छन् । उनै शाहसँग हामीले इम्पाएर एजुकेसन एण्ड भिजा सर्भिसेसका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छौंः

इम्पाएर इन्टरनेशनल स्थापना गर्नुको उद्देश्य के हो ?

उच्च शिक्षा अध्ययनका लागि एसियाली तथा दक्षिण पूिर्व एसियाली मुलुकबाट विदेश जान चाहने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको ब्रिसवेनमा सन् २००६ मा इम्पायर इन्टरनेशनलको स्थापना भएको हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्यतथ्य जानकारी प्रदान गर्दै उचित परामर्श दिने उद्देश्यले इम्पाएरको स्थापना गरिएको हो । कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, युएसए लगायतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

jutta mela

इम्पायरले कुन कुन देशबाट सेवा प्रदान गरिरहेको छ ?

इम्पाएरले ५ ओटा देशका विभिन्न सहरमा आफ्नो सञ्जाल बिस्तार गरी सेवा दिदै आइरहेको छ । अष्ट्रेलियाको व्रिसवेन र सिड्नी, नेपालको काठमाडौंस्थित नयाँबानेश्वर र पुलतीसडकसहित पोखरा र बुटवल, भुटानको थिम्पू र फिलिपिन्सको मकाटीमा इम्पाएरका कार्यालय छन् ।

विद्यार्थी इम्पाएर नै किन आउने ?

विद्यार्थीको स्तर, क्षमता, रुची र दक्षताका आधारमा हामी परामर्श सेवा प्रदान गर्छौं । सही कलेज तथा युनिभर्सिटी र विषय छनोट गरी विदेश जाने विद्यार्थीलाई सहयोग गर्छौं । हामीले विद्यार्थीलाई अष्ट्रेलिया, युके, क्यानडा, युुएसए न्युजील्याण्ड लगायतका देशका शिक्षा नीति तथा व्यवस्था सम्वन्धी जानकारी, फि स्टक्चर, कक्षा सञ्चालन, काम गर्ने अवस्था, कलेज तथा युनिभर्सिटी, देशको नीति नियम, वातावरण लगायतका विषयमा सत्य तथ्य जानकारी तथा परामर्श दिदै आएका छौं । त्यसैले विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल छ इम्पाएर ।

कन्सल्टेन्सीले दक्ष, अनुभवी काउन्सिलर, सर्टिफाइड रजिष्टर्ड माइग्रेसन एजेन्टबाट परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । कन्सल्टेन्सीले अन्तर्राष्ट्रियस्तरका विभिन्न अवार्ड पनि प्राप्त गरेको छ । Career Counseling, Test Preparation, College / University Selection, Admission Information, Documentation Guidance, Interview Preparation, Predeparture Briefing, Travel & Accommodation Arrangement लगायतका कुरामा परामर्श प्रदान गर्छौं । हामीले विदेश जाने विद्यार्थीलाई IELTS, PTE को टेष्ट लिन्छौं । हामीले अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीहरुसँग डाइरेक्ट काम गरिरहेका छौं । अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेज अध्ययनको लागि इम्पाएर विद्यार्थीको एउटा माध्यम बनेको छ । म बिगत १५ वर्षदेखि यही व्यवसायमा निरन्तर लागिरहेको छु । यो ज्ञानलाई मैले विद्यार्थी समक्ष बाँडिरहेको छु ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि इम्पायर मार्फत गएका विद्यार्थीले संसार भरिका उत्कृष्ट कलेजमा नाम निकाली अध्ययन गर्न सफल भएका छन् । साथै यस संस्थाबाट गएका विद्यार्थीले उच्च शिक्षा हासिल गरी राम्रो राम्रो कम्पनीमा काम समेत गर्दै आएका छन् । कतिपय विद्यार्थीले विदेशमा उच्च शिक्षा र सिप सिकेर नेपालमै आएर राम्रो र उदाहरणीय कामहरु गरिरहेका छन् । साथै इम्पाएरले केही विद्यार्थीलाई कलेजबाट छात्रवृत्ति उपलब्ध गराउन समेत सहयोग गर्दै आएको छ ।

विद्यार्थीको रोजाईमा के-कस्ता विषय पर्ने गरेका छन् ?

विशेषगरि विद्यार्थीको रोजाइमा Architecture & Building, Arts, Humanities and Social Science, Business, Commerce & Management, Engineering, Food, Hospitality and Personal Services, Health and Allied Health, Information Technology, Law, Nursing, Psychology लगायतका विषय पर्ने गरेका छन् । विद्यार्थीलाई टेष्ट तयारी, कलेज छनोट, भर्ना जानकारी, अन्तर्वार्ता तयारी लगायतका विषयमा परामर्श सेवा दिदै आएका छौं ।

अष्ट्रेलियामा अध्ययनका लागि जान विद्यार्थीको आकर्षण कस्तो छ ?

अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि आकर्षक गन्तव्य बनिरहेको छ । यहाँको हावापानी, रोजगारीको अवसर, अन्र्तराष्ट्रिय क्षेत्रमा राम्रो प्रतिस्पर्धा गर्नसक्ने शिक्षा, प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरु यहाँ भएकाले पनि विद्यार्थीको आकर्षण बढिरहेको छ । हामीले अष्ट्रेलियाका राम्रा युनिभर्सिटीको प्रतिनिधित्व गर्ने भएकाले पनि धेरै विद्यार्थीको रोजाईमा इम्पाएर पर्दै आइरहेको छ ।

सामाजिक उत्तरदायित्व कसरी वहन गरिरहनु भएको छ ?

हामीले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेका छौं । रक्तदान, बृद्धाश्रममा सहयोग, पर्यटन प्रवद्रधन लगायतका विभिन्न गतिविधी हामीले संचालन गरिरहेका छौं ।

तपाईं अष्ट्रेलियाका लागि नेपालको पर्यटन दूतसमेत हुनुहुन्छ । पर्यटन दूत भएर के काम गरिरहनुभएको छ ?

नेपाल सरकारले मलाई २ वर्षका लागि अष्ट्रेलियाको पर्यटन दूतमा नियुक्त गरेको छ । मैले यो जिम्मेवारीलाई एउटा अवसरकै रुपमा लिएको छु । मैले अष्ट्रेलियालाई नेपालको पर्यटनसँग जोड्ने प्रयास निरन्तर गरिरहेको छु । नेपालका पर्यटकीय गन्तव्यहरुको अष्ट्रेलियामा प्रचारप्रसार गर्ने र अष्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणमा जानका लागि प्रोत्साहन गर्ने काम गरिरहेको छु । यो अभियान निरन्तर जारी रहनेछ ।

You might also like

Comments are closed.