इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ सम्पन्न, विद्यार्थीको उत्साहजनक सहभागिता

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ सम्पन्न भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजीकरण गर्ने उद्देश्यले इन्लाइटनले बिहीबार बुटक्याम्प आयोजना गरेको थियो ।

इन्लाइटन इन्टरनेसनल एजुकेशनकी कार्यकारी निर्देशक सिता भट्टराईका अनुसार बुटक्याम्पमा जापान, न्यूजिल्याण्ड, यूएसए, यूके र क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिइएको थियो । बुटक्याम्पमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको  पनि भट्टराईले बताईन् ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता पनि रहेको थियो । ५ वटा देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको कार्यक्रमले विद्यार्थीलाई धेरै सहजता प्रदान गरेको विश्वास लिइएको छ ।

You might also like

Comments are closed.