‘प्रबल जनसेवा श्री पदक’बाट झा विभुषित

काठमाडौं । इञ्जिनियर डा. मिथलेश कुमार झा ‘प्रबल जनसेवा श्री पदक’बाट विभुषित भएका छन् । वैशाख १ गते शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले झालाई उक्त पदक हस्तान्तरण गरेका हुन् ।

काठमाडौं वर्ल्ड स्कुलका म्यानेजमेन्ट कमिटि अध्यक्ष झा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । विशेषगरी सिजी होल्डिङस अन्तर्गतका शैक्षिक संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

शिक्षाक्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै सरकारले गत संविधान दिवसको अवसरमा झालाई उक्त पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

सरकारबाट प्राप्त उक्त अवार्डले शिक्षा क्षेत्रमा अझै सक्रियताका साथ काम गर्ने प्रेरणा मिलेका उनले बताएका छन् ।

You might also like

Comments are closed.