पोखरामा अब ट्राफिक जरिवाना इसेवा एपबाटै तिर्न मिल्ने

पोखरा । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो ।

उक्त सिस्टम संचालनमा आएसङै अब पोखरा महानगरबासीहरुले ट्राफिक जरिवाना अनलाइन भुक्तानी गर्न सक्नेछन । भुक्तानी गर्न इसेवा एप भित्र रहेको गभर्न्मेन्ट पेमेन्ट खण्ड भित्र रहेको ‘ट्राफिक पुलिस फाइन पेमेन्ट’ अप्सन छान्नुपर्ने हुन्छ ।

आर्थिक वर्ष २०८०÷८१ छानेर, प्रदेशमा गण्डकी छनौट गरी जिल्ला भित्र कास्की छानेपछि आफ्नो चिट नम्बर राखेर सेवाग्राहीहरुले उक्त राजश्व रकम अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा सुचारु भएसङै ट्राफिक जरिवाना भुक्तानीका लागि बैंकमा लामो लाइन लाग्नुपर्ने झन्झटबाट सेवाग्राहीहरु लाई मुक्ती मिल्ने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.