सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी इसेवाबाटै गर्न सकिने

पोखरा । गण्डकी प्रदेशको पोखराबाट अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्दा भुक्तानी गर्नुपर्ने राजश्व रकम इसेवाबाट सजिलै भुक्तानी गर्न मिल्ने भएको छ ।

https://applydlnew.dotm.gov.np/login मा गएर सेवाग्राहीले आवश्यक सम्पूर्ण विवरण भरेपछि ‘पे नाउ’ अप्सन देखापर्छ । उक्त बटन छानेपस्चात अनलाइन भुक्तानीका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरुको लोगो सहितको पृष्ठ देखापर्नेछ । जहाँ सेवाग्राहीहरुले इसेवा छनोट गरेर सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा सुचारु भएसँगै यातायात कार्यालयको सेवा अझ चुस्त हुने विश्वास लिइएको छ । प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र विचौलियामुक्त बनाई सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका सेवा सुरु गरिएको जनाइएको छ ।

हाल करिब ७५ लाख प्रयोगकर्ता रहेको इसेवाले टपअप, विद्युत तथा खानेपानीको भुक्तानी, टीभी– ईन्टरनेटको भुक्तानी लगायत विविध सरकारी राजश्व भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.