काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्स्योरेन्स’ मार्फत नेपालीको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।
१ हजार ३ सय९९ रुपैयाँबाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित रु. ६ लाखसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ। पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा योजना खरिद गर्नका लागि ग्राहकले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार .१ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा योजना खरिद गर्न सक्नेछन् । बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डेकेयर सेवा तथा अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्छ । साथै, यस बीमामा रु। १ लाखसम्मको दुर्घटना बीमाा पनि उपलब्ध छ ।
५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध यो योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित छ। ग्राहकहरूले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट आवश्यक विवरण भरी आफ्नो वा आफ्नो परिवारको आवश्यकताअनुसारको कभरेज छनोट गरी इसेवामार्फत भुक्तानी गर्न सक्छन्। भुक्तानी सम्पन्न भएपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुनेछ ।
विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिर्जना हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहारा हेल्थ इन्स्योरेन्स प्रभावकारी माध्यम बनेको छ, इसेवाले जनाएको छ, सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत हामी अझ धेरै नेपाली नागरिकसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन प्रतिबद्ध छौँ ।
गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम समयावधिमै १०,००० भन्दा बढी ग्राहकहरू लाभान्वित भइसकेका छन् । डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउने उद्देश्यका साथ इसेवाले आफ्नो डिजिटल वित्तीय सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ। बीमा सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न इसेवाले विभिन्न बीमा कम्पनीहरूसँगको सहकार्यमा अन्य थुप्रै बीमा योजनाहरू पनि उपलब्ध गराउँदै आएको छ।







Comments are closed.