गो बञ्जीको टिकट इसेवाबाट काट्न सकिने

पोखरा । इसेवा र गो बञ्जी नेपालबीच सहकार्य भएकोछ । पोखराको रातोपैरामा रहेको गो बञ्जीको टिकट अब इसेवाबाट काट्न सकिने भएको छ । सम्झौता पत्रमा इसेवाका गण्डकी प्रदेश इन्चार्ज बिनोद बोहरा र गो बञ्जी नेपालका सञ्चालक राजु कुँवरले बिहीबार हस्ताक्षर गरेका छन् । गो बञ्जीका सञ्चालक सन्तोष भट्टराईको समेत उक्त अवसरमा उपस्थिति थियो ।

सेवालाई डिजिटलाइन गर्ने क्रममा इसेवासँग सहकार्य गरिएको गो बञ्जीका सञ्चालक कुँवरले बताए । डिजिटल पोखरा अभियानका क्रममा विभिन्न कम्पनीसँग सहकार्य भइरहेको र यसैक्रममा गो बञ्जीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बोहराले बताए ।

इसेवाका ४० लाख ग्राहकले यो सेवा लिन सक्छन् । इसेवाले पोखरामा ५० वटा भन्दा बढी कम्पनीसँग सहकार्य गरिसकेको छ । दसैंलाई लक्षित गरी बञ्जी, प्याराग्लाइडिङ, होटल बुकिङका लागि इसेवाले विशेष छुटसहितको अफर ल्याउन लागेको बोहोरा जानकारी दिए ।

jutta mela

You might also like

Comments are closed.