बुटवल पावर कम्पनीको भुक्तानी इसेवाबाट

काठमाडौं । बुटवल पावर कम्पनी र इसेवाबीच सहकार्य भएको छ । सहकार्यसँगै अब बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी इसेवाबाट गर्न सकिने इसेवाका बिजनेस डेभलपमेन्ट हेड आसिस प्रसाईंले जानकारी दिए ।

बुटवल पावर कम्पनीको डिजिटल भुक्तानी इसेवाबाट सुरु भइसकेको इसेवाका पोखरा ब्रान्च इन्चार्ज विनोद बोहोराले जानकारी दिए । बुटवल पावरका डोलप्रसाद खरेल र मिलन प्रकाश थापाले यो सेवाको सुरुवात गरेका हुन् ।

कम्पनीले जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको छ । इसेवाबाट भुक्तानी सेवा सुरु भएपछि धेरै सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।

jutta mela

इसेवाले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै विभिन्न कम्पनीसँग सहकार्य तथा सम्झौता गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.