प्रविधिमैत्री विद्यालय बनाउने अभियानमा इसेवा

पोखरा । विद्यालयलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । इसेवाले पोखरामा विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरुसँग आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले शिक्षा प्रदायक संस्थाहरुको सेवा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै इसेवाका बिजनेश डेभलपमेन्ट हेड आशिष प्रसाईंले पोखरा क्षेत्रमा २ सय भन्दा बढी विद्यालयहरु इसेवामा आबद्ध भइसकेको जानकारी दिए । ‘विद्यालयहरु प्रविधिमैत्री बन्नुपर्छ,’ उनले भने, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सहकार्य गर्न इसेवा तयार छ ।’ विद्यालयको सेवालाई डिजिटल बनाउँदै विद्यालय, विद्यार्थी र अभिभावक कनेन्ट हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा इसेवाका विश्वास महर्जनले इसेवालाई प्रदान गर्ने सुविधा र विद्यालयले प्रयोग गर्ने सिस्टमका बारेमा बताएका थिए । आफूहरु डिजिटल पोखरा बनाउने अभियानका साथ अगाडि बढिरहेको इसेवाका पोखरा ब्रान्च प्रमुख विनोद बोहोराले बताए ।

You might also like

Comments are closed.