काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक गरेका छन् ।
यो योजना ५–६५ वर्ष उमेर समूहका नागरिकका लागि उपलब्ध छ र अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार, ल्याब परीक्षण तथा दुर्घटना उपचारजस्ता सुविधाहरू समेटिएको छ । बीमा रकम विकल्प रु. २ लाख, ३ लाख र ६ लाखमा उपलब्ध छ भने प्रारम्भिक प्रिमियम रु. १,३९९ बाट सुरु हुन्छ ।
बीमितले नेपालभरका मान्यता प्राप्त अस्पतालमा उपचार गराउन सक्नेछन् र शिखर इन्स्योरेन्सका २६ नेटवर्क अस्पतालमा क्यासलेस सुविधा पनि प्राप्त हुनेछ । साथै, योजना अन्तर्गत एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ ।
ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन् र बीमा पोलिसी तुरुन्तै SMS र इमेलमार्फत प्राप्त हुनेछ ।
शुभारम्भ अवसरमा इसेवा का प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “सहारा हेल्थ इन्स्योरेन्सले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र डिजिटल बनाउनेछ। यो बीमा डिजिटलाइजेशनतर्फको महत्वपूर्ण कदम हो ।








Comments are closed.