काठमाडौं । नेपालमा भित्रिएको लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इटेरानो पिकअप’ उच्च हिमाली भागमा सार्वजनिक हुने भएको छ । नेपालमै पहिलो पटक उच्च भू–भागमा पिकअप सार्वजनिक गर्दै विद्युतीय सवारीमा भएको नविनतम प्रविधिलाई प्रदर्शन गर्ने तयारी भएको हो ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मट्रक्स प्रा.लि.ले मनाङमा पिकअप सार्वजनिक गर्न लागेको हो । ‘म्याक्सस इटेरानो ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिने जनाइएको छ ।
कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडाप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गर्ने तयारी कम्पनीले गरेको छ ।
अत्याधुनिक फिचर्ससहित नेपालमा भित्रिएको यो पिकअपको मूल्यमा धेरैको चासो देखिएको छ । आयातकर्ता कम्पनीले हालसम्म मूल्य सार्वजनिक गरेको छैन । यद्यपि, आकर्षक मूल्यसहित पिकअप सार्वजनिक हुने बताइएको छ ।
एसएआइसी मोटर कर्पोरेशन अन्तर्गतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड म्याक्ससका सवारीहरू विश्वका ७० भन्दा बढी मुलुकहरूमा बिक्री हुँदै आइरहेको छ । उन्नत प्रविधि, भरपर्दो इन्जिनियरिङ र लक्जरी इलेक्ट्रिक सवारी विकासमा यो कम्पनीले विशिष्ट पहिचना स्थापित गरेको छ ।
नेपालमा हिमालय मट्रक्सको माध्यमबाट विद्युतीय सवारीको दिगो भविष्यको जग बसाल्ने अभियान अघि बढाइएको कम्पनीले जनाएको छ ।
शक्ति र प्रदर्शनः
– डुअल मोटर 4WD (अगाडिः १२५ kW । पछाडिः २०० kW)
– ७०० Nm टर्क
– ०–१०० km/h केवल ५.८ सेकेन्डमा
– उच्चतम गतिः १९० km/h
ब्याट्री र रेन्ज :
– १०२.२ kWh LFP ब्याट्री
– अधिकतम दायराः ५६० किमी (NEDC)
– फास्ट चार्जिङः २०–८०% केवल ४२ मिनेटमा
अफरोड क्षमताः
– २६० mm ग्राउन्ड क्लियरेन्स (इलेक्ट्रोनिक एअर सस्पेन्सन सहित)
– सबै भू–भागका लागि ड्राइभ मोडहरू
इन्टेरियर र लक्जरीः
– हिटेड, भेन्टिलेटेड, म्यासेज फिचर सहितको टू–टोन लेदर सिट (मेमोरी सहित)
– डुअल १२.३” डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट डिस्प्ले
– वायरलेस चार्जिङसहितको फ्लोटिङ सेन्टर कन्सोल
– प्यानोरामिक सनरुफ, रियर ए/सी भेन्ट, एम्बिएन्ट लाइटिङ
सुरक्षालाई प्राथमिकता
– यूरो NCAP ५–स्टार रेटिङ
– २०+ आधुनिक सुरक्षा फिचरहरु
– ९ एयरब्याग
– ३६० डिग्रि सराउन्डिङ क्यामेरा
– अडाप्टिभ क्रुज कन्ट्रोल
– लेन कीप असिस्ट
– AEB, BSM, RCTA, TPMS, अटो होल्ड आदि
Comments are closed.