एभरेष्ट बैंकको भैरहवा शाखा अब आफ्नै भवनमा

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भैरहवामा रहेको एभरेष्ट बैंकको शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

बैंकको नवनिर्मित भवनबाट सेवा प्रदान गर्नेगरी शाखा स्थानान्तरण भएको बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।

स्थानान्तरण भएको शाखाको आज एक कार्यक्रमबीच सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उद्घाटन गरेका छन् ।

कार्यक्रममा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाका नायब निर्देशक जीवन प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुरेश पन्त लगायतको उपस्थिति रहेको बैंकका लुम्बिनी प्रदेश प्रादेशिक प्रबन्धक लव प्रसाद कुइँकेलले जानकारी दिए ।

You might also like

Comments are closed.