काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभाले बैंकको चुक्ता पूँजीबाट ६ प्रतिशत बोनस शेयर तथा १४ प्रतिशत नगद लाभांश (करसहित) सहित कुल २० प्रतिशत लाभांशको प्रस्ताव पारित गर्नेछ ।
यस्तै, गत आवको वित्तीय विवरण अनुमोदन, चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने तथा आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा सभामा रहेको बैंकले जनाएको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । त्यसअनुसार असोज २३ गतेसम्म नेप्सेमा सूचीकृत भई कायम रहेका शेयरधनीहरूलाई मात्र सभामा सहभागी हुने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार हुनेछ ।








Comments are closed.